समाचार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

आईतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रश्ताव गर्नुहुने विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय गरेको हो । पार्टीका सबै सांसदहरुसँग घनिभुत छलफल गरेर सो निर्णयमा पुगिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

त्यसैगरी सो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन पनि पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेको छ ।