Breaking

हैसियत गुुमेपछि प्रचण्डको फुर्ति, ओली–रविको इग्नोर, मन्त्रीले जवाफ फर्काउने, कर्मचारी सुनेको नसुन्नै गर्ने (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ— देशको प्रधानमन्त्रीका रुपमा विराजमान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वार्थले लिईने नाम बन्दै गएको छ । पार्टिको घट्दो आकार,सहयात्रीहरुबीच धोका श्रृखला र बनेको अस्थिर चरित्रको भाष्यकाबीच उनी सबैथोक गुमाएर देशको नेतृत्वमा छन् । जसलाई उनले आफू महत्वपूर्ण भएको रुपमा बुझ्दा सुन्निएको देखाएर मोटाए भन्ने विज्ञापन गर्ने स्थिती किन बन्यो त ?

मिति २०८१ साल असार एक गते । अर्थात आज भन्दा एक हप्ता अघि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले गोजीमै राजिनामा बोकेर हिडेको चेतावनी दिए । अनावश्यक सम्झौता गर्न परे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिन तयार रहेको उनले सरकारलाई दिएको समर्थन माथि समीक्षा गर्ने वेला आएको नै भन्न भ्याए । अर्थात उनको भनाई हाम्रो शक्तीमा प्रधानमन्त्री भईरहेका पुष्पकमल दाहाल प्रचण्डलाई पुरानो कर्मकाण्डी हिसाबले चलेको भन्दै सचेत गराउन भ्याए । विहिवार संसद्मा उठेका प्रश्नको उत्तर दिन पुगेका उनको उत्तर सुन्न संसद्मा कुनै पनि मुख्य दलका मूल नेता नै उपस्थित थिएनन् । कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्मा आएर पनिजवाफ नसुनीकन हिँडे भने प्रचण्डले दुखेसो नै पोखे ।

यसअघि आफ्नै नेता जनार्दन शर्माले बजेट संघियता विरोधी आएको भन्दै आलोचना गर्दा समेत उनी झसङग भएका थिए । पहिले त यसलाई शर्माले मुखको तितो पोखेको सोचेका उनले संघीय सरकारले कुनै पनि योजना रू ३ करोडभन्दा कम बजेट योजनामा विनियोजन नगर्ने घोषणा गरेको सम्झे । त्यसलाई आफ्नै अर्थमन्त्री र कर्मचारीले अटेर मन्त्रायहरुले गरेर ५ लाख, २ लाख, १ लाखका र केही योजनाहरू हजारमा समेत विनियोजन गरेको थाहा पाएपछि उनले प्रश्नको जवाफ दिने नै ठाँउ रहेन । यी प्रतिनिधि घटनाले सत्ताको मियो ठान्ने प्रधानमन्त्री प्रचण्डको हैसियत थाहापाउदा सत्ता नै उनको नियन्त्रणमा नरहेको प्रष्ट पारेको छ । फलत ः उनी अहिले आफूलाई कसैले नटेरेको तथा नयाँले पनि पुरानालाई सम्मान नगरको गुनासो गर्दै हिड्न थालेका छन् । अर्थात कुनै वेला आफ्नै रापतापले प्रचण्ड बनेका उनी अहिले साना दलले समेत धम्काउने हैसियमा पुगेका छन् ।

हुन पनि अहिले प्रचण्ड सहयात्रीको मात्रै घेरामा छैनन् आफ्नै दलका नेताहरुको समेत प्रहारमा छन् । सत्तामा रगजग गर्न पाउने अवस्था संसदको अंकगणितकै कारण नेतृत्वमा रहेपनि त्यो खुस्किएका दिन न पार्टि न सत्ता हुने अवस्थामा उनी देखिन्छन् । अर्थात नयाँ पार्टिको उद्य,आफ्नै पार्टिभित्र बढेको असन्तुष्टि र सहयात्रीहरुमा अविश्वासका कारण उनी केहि बाध्यताले मात्रै मियो बनिरहेका छन् । जुन कति दिन हुने हो भन्ने प्रष्ट नहुँदा यो समस्या भने उनको सत्तामुखि चरित्रको उपज भएको उनकै सहयात्रीहरु समेत बताउँछन् । यहि लोभले जनयुद्धको कमाण्डरलाई माफियाको संरक्षणकर्ता र संसदीय राजनितिको वद्नाम पात्र बन्न बाध्य पारेको प्रष्ट हुदाँ प्रचण्ड यसलाई नै आफ्नो महानता ठानिरहेका छन् । प्रधानमन्त्री कै रुपमा समेत लाचार भएको आफ्नै अभिव्यक्तिमा स्वीकारेपनि त्यसको कारण बारे सोच्न तयार नदेखिएका उनकै कारण माओवादी समेत रसातलको यात्रामा रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

हुन त उनको साथ नपाई न त एमाले न त नेपाली कांग्रेस कोहि पनि सत्तामा पुग्ने अवस्थामा छैनन् । आफैमा घट्दो क्रममा रहेको पार्टिको अध्यक्ष भएरपनि उनको घमण्ड यसैमा अडिएको छ । अर्कातर्फ एमाले कांग्रेस मिल्न नसक्ने तथा यहि निर्वाचन प्रणालीमार्फत सधै अस्थिर संसद रहने अवस्थाले खुसि रहेका उनी दुवै पार्टि प्रयोग गरेर लाभ लिनसक्ने आत्मविश्वासमा छन् । तर सुन्निएको विर्सिर मोटाएको घमण्ड गर्ने उनको यहि शैलीमै कागजी वाघको प्रष्ट चित्र देखिदाँ यसरी कति दिन चल्छ ? प्रश्न पेचिलो छ ।