काठमाडौं । नेपाली कांग्रेसले चालु आर्थिक वर्षको बजेट वितरणमुखी भएकाले यसले कुनै प्रतिफल नदिने बताएको छ ।आइतबार प्रतिनिधिसभा बैठकमा बजेट छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका नेता डा. प्रकाशशरण महतले सरकारले प्रतिफल नदिने धेरै शीर्षकमा बजेट वितरण गरेको बताए ।
विगतमा कांग्रेस माओवादी गठबन्धन हुँदा प्रधानमन्त्रीले वितरण गर्न पाइएन भन्ने गुनासो गरेको भन्दै उनले अहिले कार्यकर्तालाई सोझै रकम बाँड्ने गरी कार्यक्रमहरु बजेटमा राखिएको टिप्पणी गरे । अहिले वितरणमुखी योजना राख्न भौतिक पूर्वाधार मन्त्रालय र शहरी विकास मन्त्रालयमा प्रतिस्पर्धा भएको आफूले सुनेको भन्दै उनले त्यस्ता योजनाले बजेट मात्र सकिने प्रतिफल नदिने बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले कुनै प्रतिफल नदिएकाले त्यसलाई बन्द गर्नुपर्नेमा यस वर्ष पनि निरन्तरता दिएको उनले बताए ।


प्रतिक्रिया