Breaking

चुनौती सिर्जना र समाधान गर्न बजेट ल्याईयो : पूर्वअर्थमन्त्री पौडेल


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभएको बताए ।

आईतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को विनियोजन बजेट माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएकाहुन् । पौडेलले अर्थमन्त्री पुनले सहज बाटो नरोजेको बताए । उनले अर्थतन्त्रीले अर्थतन्त्रका चुनौतीकाबीच काम गर्ने कोशिस गरेको देखिएको बताएकाछन् ।

उनले २० खर्बको हाराहारीमा बजेट आउने बाहिर आशका र अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरु पनि सन्तुलित आकारको बजेट आएको दाबी गरे । पूर्वअर्थमन्त्री पौडेलले बजेटमार्फत सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य सम्भव रहेको बताउनु भयो ।

प्रश्तुत गरिएका स्रोत परिचालन,खर्च व्यवस्थापन प्रभावकारी रुपमा गर्ने,उत्पादनका क्षेत्रहरुमा लगानी केन्द्रित गर्नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हु सक्ने दाबी गरे ।