Breaking

सन्दीपलाई फेरि दिएन अमेरिकी दूतावासले भिसा


काठमाडौँ – अमेरिकी दूतावासले आईसीसी टी–२० विश्वकपका लागि क्रिकेटर सन्दीप लामिछानेको भिसा दिन फेरि अस्वीकार गरेको छ।

बिहीबार नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई अमेरिका प्रवेश गर्न आवश्यक भिसा दिन अस्वीकार गरेको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए। गत बुधबार अमेरिकी दुतावासले सन्दीपको पनि भिसा प्रक्रिया अस्वीकृत भएको थियो। त्यसको एक सातापछि सन्दीपले अमेरिकी दुतावासले सन्दीपले भिसाका लागि गरेको आग्रह स्वीकार गरेको थियो।

दूतावासले सन्दीपलाई भिसा नदिएपछि नेपाल क्रिकेट संघ , युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल सुरु गरेका थिए।

कुटनीतिक रुपमा सरकारले पहल गरेसँगै सन्दीपले दोस्रो पटक भिसाका लागि आवेदन दिएका थिए। सोही प्रक्रिया अनुसार उनलाई बिहिबार अन्तवार्ताका लागि बोलाइएको थियो।