काठमाडौँ— लमजुङका प्रदेशसभा सदस्य डा. टकराज गुरुङ गण्डकीको अर्थमन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गुरुङलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका गुरुङले आजनै पद तथा गोपनीयताको शपथ लिनेछन् ।
मुख्यमन्त्री पाण्डेले पोखराका विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।


प्रतिक्रिया