काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र आजदेखि कार्यान्वयनमा गएको छ । सातवटा सदस्य राष्ट्रमध्ये नेपालले आन्तरिक प्रक्रिया अन्तर्गत २० चैत्र (२ अप्रिल) मा प्रतिनिधिसभाबाट अनुमोदन गरेसँगै स्थापना भएको तीन दशकपछि बिमस्टेक बडापत्र कार्यान्वयनमा गएको हो ।
बिमस्टेक महासचिव इन्द्रमणि पाण्डेले बडापत्र कार्यान्वयनका लागि आवश्यक सबै सर्तहरू पूरा भएकाले आजदेखि यसको कार्यान्वयन भएको जानकारी गराएका छन् । ‘गत २१ अप्रिलमा बडापत्र कार्यान्वयनका सर्तहरू पूरा भएको थियो ।
नेपालले गत २९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकबाट कानुन बमोजिम आन्तरिक प्रक्रियाअनुसार यसलाई अनुमोदन गर्न संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया