Breaking

सभामुखलाई पदीय मर्यादा कायम राख्न कांग्रेसको आग्रह


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा सत्ता पक्षमा बहुमतको दम्भ देखिएको ठहर गरेको छ ।

विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विपक्षीहरूले पटक पटक बोल्न माग गरे पनि सभामुखले समय नदिएको बताए ।

कांग्रेले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संसद्लाई ब्यारेक जस्तो बनाएर विश्वासको मत लिनु खेदजनक भएको कांग्रेसले बताएको छ ।