Breaking

गृहमन्त्री लामिछाने संसदमा टेलिभिजन प्रस्तोता जसरी प्रस्तुत भएको गगनको टिप्पणी


काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज संसदमा टेलिभिजन प्रस्तोता जसरी प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।

आज संसद वैठक भएलगत्तै पत्रकार सम्मेलन गर्दै थापाले लामिछानेको अभिव्यक्तिको आलोचना गरे । गृहमन्त्रीले सांसदलाई र देशको नागरिकलाई बहकाउन खोजेको थापाको आरोप छ । आज गृहमन्त्रीले बोलेपछि आफूहरुले बोल्न नपाएकाले पत्रकार सम्मेलन गरेको उनले बताए ।

प्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसद‍्मा दिए लगत्तै पत्रकार सम्मेलन गरी महामन्त्री थापाले गृहमन्त्रीले फाइल खोलिदिऊँ भनेर भनेको सुन्दा आफू चकित भएको बताए । गृहमन्त्रीले त धमाधम फाइल खोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो ।

महामन्त्री थापाले सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्ने हुनुपर्नेमा गृहमन्त्री लामिछानेले संसदीय समिति विभिन्न विषयमा बनाउनु नहुने भनेर निरीहता प्रदर्शन गरेको जिकिर पनि गरे ।