काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट लिएर पुगेका हुन् । जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले निवेदकले त्यसलाई रोक्न रिटमा माग गरेका छन् ।
यादवले जसपा नेपालबाट अलग भएका सात जना पार्टीविहीन भएको र उनीहरू जसपा नेपाल र जसपा दुबैको सांसद नभएको जिकिरसहित उनीहरूले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गरेका छन् । प्रधानमन्त्री सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।


प्रतिक्रिया