Breaking

मोरङमा लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक, एक प्रहरी सहायक निरीक्षक घाइते


काठमाडौँ— मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक जना कारोबारीलाई पक्राउ गरिएको एसएसपी गोविन्द थपलियाले बताए ।

उनका अनुसार, घटनामा भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारतीय नागरिक भागिरथ हरिजन घाइते भएका छन् । एक जना प्रहरी सहायक निरीक्षक पनि सामान्य घाइते भएको एसएसपी थपलियाले बताए । साथै प्रहरीले उनको साथबाट १२८ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

हरिजनलाई थप उपचारका लागि अस्पताल लगिएको छ ।