Breaking

कोशीका मुख्यमन्त्रीले मागे विश्वासको मत, कांग्रेसद्धारा वैठक बहिष्कार


कोशी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् ।

सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् । सरकार गठनको प्रक्रिया सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ ।

कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई पत्र लेखेर बैठक स्थगित गर्न माग गर्दै अनुपस्थित हुने निर्णय गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको सोमबारको बैठक कांग्रेसले बहिष्कार गरेको हो ।

मुख्यमन्त्रीको नियुक्तिविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिटसमेत दायर गरेका छन् ।