काठमाडौँ – सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु बीच टेलिफोनमा कुराकानी भएको छ।
प्रधानमन्त्री दाहाल चितवनमा छन्। सभामुख घिमिरेले सोमबार बिहान प्रधानमन्त्री दाहालसँग टेलिफोनमा कुराकानी गर्दै सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल गरेका छन्।साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानबिन समितिलगायतका विषयमा पनि उनीहरूबीच कुराकानी भएको थियो। सरकारले मंगलबार अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम बाचन गर्नेछन्। सभामुखको सचिवालयले दिएको जानकारीअनुसार सभामुख र प्रधानमन्त्रीबीच सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल भएको छ।
साथै उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको थियो। प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलसँग छलफल भएको पनि बताएका थिए। प्रधानमन्त्री दाहालले आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग बालुवाटारमा छलफल गरेका थिए।


प्रतिक्रिया