काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध हटाउन प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग परामर्श गरेकै दिन सभामुख देवराज घिमिरेले पनि प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गरेका छन् ।
सिंहदरबारमा उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग अहिले छलफल गरिरहेको सभामुखको सचिवालयले जनाएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।


प्रतिक्रिया