काठमाडौँ— यतिबेला सामाजिक सञ्जालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फोटोमा उनी पाखुरामा टालेको सेतो सर्ट लगाएर इलाम २ का मतदाताको बीचमा देखिन्छिन ।
यही बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा माहोल खडा गर्न इलाम पुगेकी मन्त्री श्रेष्ठले पाखुरामा च्यातिएको सर्ट सिलाएर लगाएको देखेपछि त्यसमाथि विभिन्न टिप्पणी आइरहेको छ ।
उनका प्रशंसकहरुले उनलाई सादगी मन्त्री भनेर प्रचार गरिरहेका छन् भने उनका बिरोधीहरुले थप अर्को स्टन्टबाजी गरेको भन्दै आलोचना गरिरहेका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सुमनाको पहिरनको विषयलाई लिएर कटाक्ष गरेका छन् । उनले धुर्मुस सुन्तलीले गर्न नसक्ने नाटक सुमनाले गरेको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।
आफूतिर अरुको ध्यान कसरी खिच्न सकिन्छ भनेर बेला–बेला यस्ता गतिविधि गर्ने सुमनाले अघिल्लो वर्ष जेठ ३१ गते प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र प्रविधि समितिको बैठकमा कोट र छोटो मिनिस्कट लगाएर पुगेकी थिइन ।
विभिन्न मिडियाका पत्रकारहरुपनि सहभागी भएको सो बैठकमा उनले धेरैले आफ्नो पहिरन बारे लेखिदिउँन चाहना थियो होला तर एउटा अनलाइनले बाहेक अरुले मतलब गरिदिएनन ।
के गरेर चर्चामा आउन सकिन्छ, कसरी अरुको ध्यान खिच्न सकिन्छ भनेर सस्तो लोकप्रियताको खोजीमा लागेकी उनी कहिलेकाँही संसद भवन र मन्त्रा
Breaking


प्रतिक्रिया