Breaking

रविविरुद्ध कांग्रेसको लडाइँ, सत्तापक्षकै मिल्यो साथ, ओलीको अडानले कति दिन बद्नाम हुन्छ रास्वपा ? (भिडियोसहित)


काठमाडौँ— उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा छानविनको मागलाई अघि बढाएको नेपाली कांग्रेस आफ्नो एजेण्डामा बलियो देखिन थालेको छ । गल्ती नभए कि डराउनु भन्ने भाष्यमै टेकेर उसले यो मुद्दामा राप्रपा र सत्तापक्षीय दलकै साथ पाएपछि घेराबन्दी बढाँउदै लगेको छ । अर्कातर्फ यो नागरिकको मुद्दा बन्दा किन एमालेले संसदीय छानबिन समिति गठनलाई रोकिरहेको छ ? चासोपूर्ण छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी काण्डमा छानविन गनुपर्ने मागलाई अघि बढाएको कांग्रेस विस्तारै एजेण्डामा बलियो बन्न थालेको छ । यो मुद्दामा संसद रोकेर दवाब बढाँउदै लगेको उसले रविमात्रै नभई सहकारी ठगीका सबै मुद्दामा छानविन हुनुपर्ने भन्दै मागको दायरासमेत बढाएको छ । यसका लागि २७ चैतसम्म म्याद दिएको उसले मंगलबार र बुधबारको संसद बैठक नै अवरोध ग¥यो । सदनको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले सोमबारदेखि नै दलका शीर्ष नेता तथा सचेतकहरूसँग छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन । बरु यसका लागि अडान कायम राखेको उसले यो एजेण्डामा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि साथ पाएको छ । कांग्रेससंगै संसद अवरोधमा साथ दिएका राप्रपा सांसदहरुले पनिसहकारीबारे छानबिन हुनुपर्ने र पीडितलाई न्याय दिनुपर्ने बताएका छन् । साथै सरकारले छानबिन नगरेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने सांसद ज्ञानेन्द्र शाहीले माग राख्दा सत्तारुढ नेकपा एकीकृत समाजवादी पनि यो मुद्दामा सँगै छ ।

कुनै व्यक्तिविरुद्ध भन्दा पनि सहकारी ठगी छानबिनमा आफूपनि सकारात्मक रहेको माओवादी सांसदहरुको भनाइलेसमेत कांग्रेस एजेण्डामा बलियो बनेको संकेत मिलेको हो । फलतः समग्र सहकारीलाई छानबिन गर्ने गरी संसदीय समिति बनाउनुपर्ने मागमा कांग्रेस पुग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि यसमा सकारात्मक छन् । जसले विपक्षीले मागको माग पूरा भएको सन्देश जाने उनको बुझाई रहँदा स्वयम रवि पनि यही अवस्थाले आफूमाथिको प्रश्न बलियो बन्ने डरमा छन् । जसले राजनीतिक घाटा हुने बुझेका उनी समिति बनाएर प्रश्नलाई निस्तेज पार्ने रणनीतिमा छन् । जीबी राईपनि नसमातिने अनि अनुसन्धानमै किन डराएको भन्ने प्रश्नसमेत बलियो बनेको स्थितिले उनी गल्दै जाँदा एमाले भने यसको विरुद्धमा देखिएको हो । अर्थात रविका अघि ढाल बनेर जसरी प्रस्तुत भएको एमाले नै छानविन समिति बन्न दिन नहुने अडानमा छ ।

एमालेको यही हठका कारण संसद अझै अवरुद्ध हुने अवस्था बन्दा यसमा उसले आफ्नै स्वार्थ पूरा गरिहेको छ । अहिलेसम्म सहकारी भन्नासाथ रास्वपा, रवि र जीवी जोडिने अवस्थाले आफूलाई राजनीतिक फाइदा हुने आशमा एमाले देखिन्छ । अर्कातर्फ समिति गठनपछि छानविन भए रास्वपाका भन्दा आफ्ना बढी नेता डामिने डरमा एमाले छ । अहिले पनि सबैभन्दा बढी एमाले कै नेताहरु सहकारीमा संलग्न भएको अवस्थामा यो अभियानआफ्नै भएको दम्भमा समेत एमाले रहँदै आएको छ । हुनपनि नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका केबी उप्रेती नै अहिले सहकारीमार्फत ८ अर्ब अपचलन गरेर बेपत्ता छन् । यस्तै काण्डमा फरार देवकुमार नेपाली पनि कुनै समय एमालेका गण्डकी प्रदेश कमिटी सदस्य थिए । अर्थात एमालेकै अभियान भनेर दाबी गरिएको सहकारीमा ठूलो रकम अनियमितता गर्नेसमेत एमालेकै नेताहरु छन् । त्यस्तै माओवादीकै नेता तथा हालका शक्ति बस्नेत र श्रीमती सत्या पहाडीपनि सहकारी काण्डमा जोडिँदासरकारसम्बद्ध दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) समेत आफ्ना धेरै नेताहरू सहकारी ठगीमा मुछिने डरले छानबिन समिति बनाउन नमानेको कांग्रेस नेताहरुले आरोप लगाएका छन् ।

जीबीसँग मिलेर सहकारीको रकम अनियमिता गरेको आरोपमा रविविरुद्ध ठाडो उजुरी परेपनि उनी जति भाग्छन् त्यति नै दोषी देखिन्छन् । यही कारण कांग्रेसको आरोप फेस गर्ने बाटो नै उनका लागि फाइदाजनक हुदाँ उनी माओवादी त्यसमा पनि विशेषगरी एमालेको नेता जोगाउने ढाल बनिरहेका छन् । अर्कातर्फ देशभरीमै विकराल बनेको सहकारी ठगीको मुद्दा सेलाउने होइन अझ तातिने अवस्थामा छ । जसले ढिलोचाडो यो मुद्दामा सरकारले चासो देखाउनै पर्ने बाध्यता आइपर्ने पक्का हुँदा सिंगान पुछेको कि नाक काटेको भन्नेमा प्रष्ट नभएका रवि अझ दलदलमा फस्दै छन् ।