काठमाडौँ – अहिले एक तोला सुन कित्र जाँदा खल्तीमा अट्ने पैसाले नभ्याउने अवस्था आइपुगेको छ । नेपाली बजारमा सुनको भाउको ग्राफ उकालो लागिरहँदा यो कहाँसम्म पुग्छ ? यकिनका साथ कसैले भन्न सक्ने अवस्था छैन । केही वर्षअघिसम्म खरिदका लागि अधिकांशको क्षमताले भ्याउने सुनको भाउ अहिले एक्कासी किन आकासिदै गएको छ ?
जग्गा किने ‘राजा’, गाढी किने ‘गधा’ र सुन किने ‘आधा’ भत्रे नेपालीमा एउटा पुरानो कथन छ । तर, अहिले यो कथन सुनको सन्दर्भमा भने खास्सै लागु हुँदैन । नेपाली बजारमा अहिले सुनको मूल्यले दिनप्रतिदिन कीर्तिमान बनाइ रहेको छ । आज कीर्तिमानी मूल्यमा किनेको सुनले भोलि अर्काे कीर्तिमान राख्ने गरेको छ । ‘सुनको मूल्यमा वृद्धि’ भत्रे जस्ता शीर्षक अनलाइन सञ्चारमाध्यममा दैनिक राख्ने स्तम्भ जस्तै भइसकेको छ । चैत महिनाको पहिलो दिन एक लाख २५ हजार आठ सयमा कारोबार भएको सुन २६ दिन पुग्दा एक लाख ३६ हजार दुई सय रुपैयाँ कायम भएको छ । महिना दिनभन्दा कम समयमा सुनको मूल्यमा झण्डै एघार हजारले वृद्धि भएको छ । सुनको मूल्यले दैनिक रुपमा उकालो चढ्दो ग्राफ बनाइरहँदा सुन पसलहरूमा ग्राहकको उपस्थितिमा भने कमी आएको छैन । वैशाख नजिकिएसँगै विवाहको लगन पनि पर्ने हुँदा पसलमा ग्राहकको बाक्लै उपस्थिति देखिन्छ । ग्राहकहरू विभित्र प्रयोजनका लागि सुवर्णको आभूषण बनाउन सुन पसल पुग्ने गरेका छन् । तर, सुनको मूल्य बढ्दा तुलनात्मक रुपमा कित्रे भन्दा पनि बेच्नका लागि ग्राहकहरू सुन पसल धाउन थालेको व्यवसायीको अनुभव छ ।
सुनको मूल्य पछिल्ला केही वर्षदेखि उच्च दरले बढिरहेको छ । विभित्र समयमा विभित्र देशमा हुने गरेको युद्ध र आर्थिक मन्दीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएको हो । रुस–युक्रेनको युद्ध, इजरायल र हमासको युद्धको प्रत्यक्ष असर सुनमासमेत देखिएको हो । अझै अमेरिका–भारतजस्ता विश्वभरिका देशको केन्द्रीय बैंकले सुन भण्डारण उच्च दरले बढाएको हुँदा यसको मूल्य अझै बढ्ने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय बजारमा अहिले प्रति औन्स २३ सय पचास डलरमा कारोबार भइरहेको सुन यस वर्षको अन्तिम अर्थात् डिसेम्बरसम्म पुग्दा तीन हजार डलरसम्म पुग्न सक्ने सम्भावना छ । जसका कारण नेपालीले एक तोला सुन पनि कित्र नसक्ने अवस्था आउने जानकारहरू बताउँछन् ।
सुनको मूल्य बढ्दै जाँदा विगतका वर्षको तुलनामा आयात पनि ठ्याक्कै आधाले घट्दै गएको छ । प्रति तोला ८०÷९० हजार रुपैयाँ हुँदा ४० अर्बदेखि ४५ अर्बसम्म सुन आयात हुने गरेको तथ्याङ्क छ । तर, अहिले त्यति नै मात्रामा सुन ल्याउने हो भने वर्षमा ६० अर्बको सुन आयात गर्नु पर्ने हुन्छ । गत वर्षको चैतसम्ममा २३ देखि २४ अर्बसम्मको सुन आयात भएकोमा यस वर्षको चैतसम्ममा अहिले बढेकै भाउँमा पनि जम्मा १२ अर्बको मात्रै आयात भएको छ ।
संसारभर आफ्नो लगानी सुरक्षित गर्ने भरपर्दाे क्षेत्र सुनलाई नै मानिन्छ । एक देशको मुद्रा अन्य कुनै देशमा नचले पनि सुनलाई भने जुन सुकै देशले पनि स्वीकार छन् । त्यसैले सुन जुनसुकै देशको साझा सम्पत्ति हुँदा यसमा सबैको आकर्षण बढ्ने गरेको छ । विदेशमा सेयरमा लगानी गरेजस्तै सुनमा लगानी गर्ने हुँदा त्यसबाट लगानीकर्तालाई प्रत्यक्ष नाफा बढ्ने गर्छ । तर, नेपालमा सांस्कृतिक प्रयोजनका लागि मात्रै सुन खुला गरिएको छ । विवाह, धार्मिक तथा सांस्कृतिक कार्यका लागि अनिवार्य सुनको गहना प्रयोग हुने हुँदा काचो सुनमा नेपाली व्यवसायीले लगानी गर्नै पाउँदैनन् । नेपाली सुन व्यवसायी सरकारले ल्याउने निश्चित सुनमा नै सीमित हुनु परेको छ । जसले गर्दा भाउ बढ्दा विदेशीले आफ्नो लगानी सुरक्षित गरिरहँदा नेपाली व्यवसायीले भने त्यही मात्रामा फाइदा उठाउन सक्दैनन् । सरोकारवालाहरुले यसतर्फ पनि सरकारले ध्यान दिनु पर्ने आवाज उठाउने गरेका छन् । यद्यपि, सुनको मूल्य महंगिदा बैशाखमा वैवाहिक गाठो कस्ने तयारीमा रहेका ग्राहक भने मर्कामा परेका छन् ।


प्रतिक्रिया