Breaking

सन्दीप लामिछानेको मुद्दामा वैशाख ३ गतेदेखि पूर्ण सुनुवाइ हुने


काठमाडौँ— क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा वैशाख ३ गतेदेखि उच्च अदालत पाटनमा पूर्ण सुनुवाइ हुने भएको छ ।

सन्दीप काठमाडौं जिल्ला अदालतबाट गएको पुस २५ मा दोषी ठहर भएका थिए । तर, जिल्लाको फैसलाविरुद्ध उनी फागुन १० गते पुनरावेदनमा गएका थिए ।

अर्कोतर्फ गौशाला–२६ बालिग रहेको जिल्ला अदालतको ठहरविरुद्ध सरकारी वकिल पनि उच्च अदालत पुगेको थियो । सरकारी वकिलले गौशाखा–२६ नाबालिग नै रहेकाले सन्दीपलाई अधिकतम सजाय माग गरेको छ ।

दुवैको पुनरावेदनमा उच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश गरेको छ ।

दुवै पक्षको पुनरावेदनमा एकैसाथ सुनवाइ गर्ने गरी उच्च अदालतले आगामी वैशाख ३ गतेको पेसी तोकेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार वैशाख ३ देखि पूर्ण सुनुवाइ हुनेछ ।