Breaking

सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउन उच्च अदालतको आदेश

योहो संवाददाता

काठमाडौँ— बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउने आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतको पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीप गएको फागुन १० गते पुनरावेदनमा गएका थिए ।