काठमाडौँ । संवैधानिक परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
सोमबार बिहान ९ बजेका लागि बोलाएको परिषद् बैठक स्थगित भएको हो । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । बैठकले महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने बुझिएको छ ।
महालेखा परीक्षक पद लामो समयदेखि रिक्त छ । गत जेठमा टंकमणी शर्मा दंगालको कार्यविधि सकिएपछि उक्त पद रिक्त रहेको हो । संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति गर्ने व्यवस्था छ ।


प्रतिक्रिया