समाचार

संविधानमा समावेशी समानुपातिकको व्यवस्था कार्यान्वयन नभएकोप्रति लोसपाको आपत्ति


महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधानमा समावेशी समानुपातिकको व्यवस्था भए पनि विभिन्न निकायमा त्यसको कार्यान्वयन नभएकोप्रति आपत्ति जनाएको छ ।

महोत्तरीमा सम्पन्न केन्द्रीय समितिको बैठकमा सो पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लले पेस गरेको ‘राजनीतिक अवधारणा’ मार्फत सो आपत्ति जनाइएको हो ।

संविधानसभा नियमावली २०७० को नियम ९३(३) को संशोधन सात दिनको म्यादलाई दुई दिनमा झारिएको समेत लोसपाको आरोप छ । दफावार छलफल र दफावार संशोधनबिना एकैचोटी संशोधन र छलफल गरी लोकतान्त्रिक विधि विधान र मान्यतालाई मिचिएको लोसपाको दाबी छ ।