काठमाडौं । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा(एमाले) नआए पनि मोर्चा कायम रहने बताएकी छन् ।
शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष भुसालले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताइन् ।
उनले समाजवादी मोर्चा विगतामै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुननहुने बताइन् ।
एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत् हुनसक्ने उल्लेख गर्दै उनले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआए पनि आपसी असमझदारी हुनु नहुने बताइन् ।
हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरूप काम गरिरहेको उनले जानकारी दिइन् ।


प्रतिक्रिया