Breaking

काँग्रेसलक्षित ओलीको टिप्पणीः संसद अवरुद्ध पार्ने काम राजनीतिक होइन


काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाए ।

अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेका पीडामा निहुँ खोजेर संसद अवरुद्ध गरेको बताए । नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुशी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रुपमा उपयोग गर्न पाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखेर राजनीतिक गतिविधिलाई अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।