Breaking

मोहनविक्रम सिंह पतन भएको अध्यक्ष ओलीको टिप्पणी


काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पतन भएको टिप्पणी गरेकाछन् ।

काँग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने भएपछि पुराना कम्युनिष्ट नेता सिंह अहिले छाती पिटेर रोईरहेको ओलीको भनाई थियो ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले श्रीमती पौडेलले पद नपाउने देखेपछि रोइ कराई गर्न लागेका सिंह के का लागि जीवनभर कम्युनिष्ट भएका रहेछन् भन्ने कुरा पनि पर्दाफास भएको दाबी गरे । उनले सिंह निराश र हतोत्साही भएपछि के टिप्न पाईन्छ भनेर काँग्रेसको पछि लागेको आरोप लगाएकाछन् ।

अध्यक्ष ओलीले सिंहको उदाहरण दिँदै पार्टी काममा सफलता हासिल नगरे निराश हुनेतर्फ पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।