Breaking

आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्न लगानी कोषलाई अर्थमन्त्रीको निर्देशन


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिए ।

आज नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरुलाई भविष्यमा नदोहो¥याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिएकाछन् ।

लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धिकरण जरुरी रहेको बताए ।