समाचार

अब चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना गरीन्न: महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन् ।

आइतबार ललितपुरमाआयोजित कार्यक्रममाबोल्दै उनले नेताहरु मिलेर चुनावमा जाने प्रचलन अब अन्त्य हुने आशा गरेको बताएका हुन् ।

थापाले चुनावअघि गठबन्धन बन्दा कसले कसलाई धोका दिन्छ भन्ने हिसाबकिताब नै नहुने स्थिति आएको बताए ।