समाचार

तीर्थयात्री बोकेर चितवन जाँदै गरेको बस धादिङमा ट्रकसँग ठोक्कियो

योहो संवाददाता

काठमाडौँ— काठमाडौंबाट ‍तीर्थयात्री बोकेर चितवन गएको बस धादिङमा ट्रकसँग ठोक्किएको छ।

आज बिहान साढे १० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ हिलटप होटलनजिकै चितवन जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ५२६८ नम्बरको ट्रक ठोक्किए दुर्घटना भएको हो।

दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएको जिल्ला प्रहरी कर्यालय धादिङका प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले जानकारी दिएका छन्।

तीमध्ये मध्यम र गम्भीर घाइते भएका १४ जनालाई काठमाडौं रिफर गरिएको छ।

बस चालक मकवानपुरका ३२ वर्षीय रत्न तामाङ र लमजुङको राजनाथ नगरपालिका-५ का ५६ वर्षीय रामचन्द्र बख्रेल गम्भीर घाइते भएका छन्।

अन्यको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ।