समाचार

महासमितिबाट विधान मस्यौदा समिति बनाऔं : शेखर कोइराला

योहो संवाददाता

काठमाडौं — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महासमितिको बैठकले ‘विधान संशोधन मस्यौदा समिति’ बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताएका छन् ।

विधान लोकतान्त्रिक पार्टीको मेरुदण्ड रहेको बताउँदै कोइरालाले विधानमा धेरै त्रुटिहरु रहेको पार्टी बैठकमा बताए । ‘जसले गर्दा सांगठनिक गतिबिधिमा बाधा आइरहेको छ । यो महासमितिको बैठकले ‘विधान संशोधन मस्यौदा समिति’ बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्न जरुरी छ,’ कोइरालाले भने ।

कोइरालाले केन्द्रीय समिति बैठकमा पेश भएका प्रतिवेदनहरु पार्टीको मौलिकता अनुसारको नभएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिवेदन माथिको छलफलमा बोल्ने क्रममा नेता शेखरले प्रतिवेदनहरु गठबन्धनको छायाँ जस्तो देखिएको बताए ।

‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरु हेर्दा कता–कता गठ