काठमाडौँ— कोरोना महामारी र रुस–युक्रेन युद्धबाट सिर्जित आर्थिक मन्दीका कारण व्यापारिक महलमा लगानी असुरक्षित बनेपछि भटाभट बन्द हुन थालेकाछन् । यसअघि साना, किराना पसल र कस्मेटिक तथा फेन्सी पसलहरु विक्रिमा लेखिएको सूचना देखिएपनि ठूला महल बन्द भएको विषय विरलै भेटिन्थे तर अब अर्बौ लगानीका महल समेत बन्द भएको दुखद खबरहरु सार्वजनिक हुन थालेकाछन् ।
शरहका गल्ली गल्लीमा सटर खाली र पसल विक्रीमा छ, भन्ने लेखिएको सूचना पुरानो हुन नपाउँदै अब ठूला महलहरु भटाभट बन्दहुन थालेको दुखद खबरहरु सार्वजनिक भएकाछन् । कोराको कहर र रुस युक्रेन युद्धपछि थलिएको नेपालको अर्थतन्त्र र बजार चलाएमान हुन नसक्दा ठूला महलहरु बन्द हुने अवस्थामा पुगेका हुन् । राज्यको लागि यो सुखद संकेत होइन् ।
कोशी प्रदेशको राजनधानी पूर्बी जिल्ला विराटनगरमा पछिल्ला पाँच वर्षमा ठूलो लगानीमा सञ्चालनमा आएका केही व्यापारिक महल बन्द भएका छन् । हालैमात्र विराटनगर महानगरपालिका–८ हाटखोलामा सञ्चालित आरके सिटी सेन्टर बन्द भएको छ ।
२०७६ साल फागुनमा एक अर्ब २५ करोड रुपैयाँ लगानीमा खुलेको उक्त मल सोमवारबाट पूर्ण रूपमा बन्द भएको हो । विश्वव्यापी आर्थिक मन्दी, असमान मूल्य र खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता भारतीय बजारमा आकर्षित हुँदा महल बन्द भएको हो । विश्वव्यापी आर्थिक मन्दी र सरकारको नीतिका कारण महलहरू बन्दको अवस्थामा पुगेको विराटनगरस्थित सेन्ट्रल मलका सञ्चालक प्रकाश मुन्दडाले बताए ।
आर्थिक मन्दीका कारण उद्योग धन्दा दिन प्रतिदिन धरासायी भईरहेकाछन् । सरकारले कागजमा फलत राम्रो रहेको रिपोर्ट मात्रै सार्वजनिक गरेर आँखामा छारो हाल्दा, धेरै व्यवशायी पलाएन भईसकेकाछन् ।
उद्योग वा, व्यापारीको हित अनुकुल निती बनाउन नसक्दा आर्थिक भार खेप्न नसकेका व्यवशायीहरुले बन्दलाईनै विकल्प बनाएकाछन् । चलेका महल भटाभट बन्द हुँदा सयौले रोजगारी गुमाएका छन् भने धेरैको चुलो निभ्ने अवस्था आएको छ।
यसअघि विराटनगरको पहिलो डिर्पाटमेण्ट स्टोर नेपाल बजार बन्द भएको थियो । नेपाल बजार अर्कै ठाउँबाट पुनः सञ्चालन गर्ने भनेर २०७६ साल जेठमा बन्द गरिएको थियो । तर अहिलेसम्म खुल्न सकेको छैन । २०७५ को नयाँ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी र सोही वर्षको फागुनबाट सञ्चालनमा आएको सेन्ट्रल बजार गरी अहिले विराटनगरमा दुई व्यापारिक मल सञ्चालनमा छन् । तर ती मलमा पनि पहिलेको तुलनामा ग्राहाकको संख्या घटेको छ । विराटनगरस्थित भाटभटेनीका म्यानेजर पर्शुराम तिम्सिनाले शुरुवातको समयमा आउने ग्राहकको तुलनामा अहिले सरदर १० प्रतिशतको गिरावट आएको बताए ।
आर्थिक मन्दीले गर्दा आम्दानी घटेपछि सर्वसाधारणको क्रयशक्तिमा पनि गिरावट आएको छ । जसले गर्दा उपभोक्ता सस्तो खोज्दै सीमावर्ती भारतीय बजार पुग्ने गरेका छन् । विराटनगरमा भन्दा भारतमा सामानहरु सस्तो पर्ने भएकाले भारतबाटै सामानहरु किनेर ल्याउने गरेको उपभोक्ताहरुको भनाई छ।
कोरोना महामारीपछि आर्थिक गतिविधि चलायमान हुन नसक्दा सर्वसाधारणको आम्दानी घटेको र उनीहरू सुलभ मूल्यको पछि लागेका कारण महलहरू बन्द हुने अवस्थामा पुगेको अर्थविद् वेदराज आचार्यले बताए । उनले मानिसहरुसँग आम्दानी कम र किन्ने क्षमतामा कमी भएकाले महलहरुमा केही समस्या आइरहेको बताए । मानिसहरुले गुमाएको रोजगारी नपाउनु, आर्थिक अवस्था चलायमान नहुनु र लगानी गर्नेकुरामा नै उद्योगी र व्यवसायीहरु हच्किनुले पनि समस्या आएको हो ।
यद्यपी महलहरू धमाधम बन्द भइरहेको अवस्थामा विराटनगरमै अर्को ठूलो लगानीमा महल खोल्ने तयारी सुरु भएको छ । तीन अर्ब हाराहारीको लगानीमा सेन्चुरियन मल निर्माणाधीन अवस्थामा छ । आसा गरौं यसले भारती बजारसंग प्रतिस्पर्धा गरेर नेपाली उपभोक्तालाई स्वदेशी बजारमै सुलभ मुल्यमा सामान उपलव्ध गराएर सस्तोको लागि भारतीय बजारमा जाने बाध्यतालाई हटाउने छ ।


प्रतिक्रिया