काठमाडौँ— बौद्ध धर्मालम्बी हिमाली शेर्पा र तामाङ समुदायले आज विविध कार्यक्रम आयोजना गरी ग्याल्पो लोसार र सोनाम ल्होसार भव्यताकासाथ मनाएकाछन् । नयाँ वर्षका रूपमा शेर्पा र तामाङ समुदायले आजबाट ‘ह्ये लो’ (खरायो वर्ष) लाई विदा गरी २१५१ औँ सिङ फो ‘डुक लो’ अर्थात् गरूड वर्ष ग्याल्पो लोसार मनाउन लागेको हो ।
बौद्ध धर्मालम्बी हिमाली शेर्पा समुदायले आज विविध कार्यक्रम आयोजना गरी ग्याल्पो लोसार भव्यतकासाथ मनाएका छन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले आजबाट ‘ह्ये लो’ (खरायो वर्ष) लाई विदा गरी २१५१ औँ सिङ फो ‘डुक लो’ अर्थात् गरूड वर्ष ग्याल्पो लोसार मनाउन लागेको हो ।
नेपालको हिमाली र पहाडी क्षेत्रहरूमा बसोबास गर्ने आदिबासी जनजातिहरू शेर्पा, भोटे, तामाङ, गुरूङ, ह्योल्मो, डोल्पो, मनाङगे तथा मंगोल समुदायले मनाउने लोसारको शाब्दिक अर्थ लो भनेको वर्ष वा साल भन्ने हुन्छ भने सार को अर्थ नयाँ भन्ने बुझिन्छ ।
यसैले लोसारको अर्थ ’नयाँ वर्ष वा नयाँ साल भन्ने हो । हिमाली बौद्ध समुदायमा हिमाली भोटचन्द्र पात्रो (दतु) प्रचलित छ, यो पात्रो अनुसार १२ वर्षको एक चक्र हुन्छ र प्रत्येक बर्षलाई विभिन्न जीवजन्तुको नामबाट नामाकरण गरिएको हुन्छ । सरकारी पात्रो अनुसार ग्याल्पो लोसार फागुन २८ गते भएतापनि तिथि गडबड भएका कारण यस वर्ष २१५१ औँ सिङ फोक डुक लो ग्याल्पो लोसार माघ २७ गते मनाईएको हो । लोसार शेर्पा समुदायले १५ दिनसम्म मनाउने चलन छ ।
शेर्पा समुदायले लोसारको तिथिमिति तय गर्ने समयमा सम्बन्धित समुदायको व्यक्तिहरूलाई सहभागी नगराई मिति तय गर्दा लोसारको मिति सधैं गलत हुने भएकोमा गुनासो व्यक्त गरेका छन् ।
महायानी सम्प्रदायमा साम्बोटा लिपीले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु)मा कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चार वटा लोसार उल्लेख छ । हिमाली क्षेत्रका बासिन्दाले लोसार (नयाँ वर्ष) लागेको शुभ संकेतस्वरूप जौ र गहुँका बाला राख्ने गर्छन् । लोसारको अवसरमा शुक्रबार र शनिवार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले काठमाडौँको ह्यायात चौर चुच्चेपाटीमा ‘लोसार गुथुक साँझ’ विशेष कार्यक्रम आयोजना गरेको छ ।
बौद्ध धर्मलम्बी हिमाली शेर्पा समुदायले मुसा, गोरू, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरि गणना गर्छन् । दोतु अनुसार शनिबारबाट ‘ह्ये लो’ (खरायो वर्ष पूरा भई नयाँ चक्र ‘डुक लो’ अर्थात् गरूड वर्ष सुरू भएको छ । लोसार सुरु भएसंगै ठुलाबाट आर्शिवाद लिने र पुजा गर्ने बाटोघाटो सरसफाई गर्ने चलन छ ।
बिक्रम सम्बत, भारतको राजा विक्रम अदित्यको नामबाट सुरू भए जस्तै भोटको पहिलो राजा ड्याठी चेन्बोबाट सुरू भएको भोट सम्बतलाई आधार मानेर नयाँ बर्ष मनाउने भएकोले यो लोसारलाई ग्याल्वो लोसार भनिएको भन्ने तथ्य हिमाली क्षेत्रहरूमा प्रचलित बृहत शब्द कोषहरूमा उल्लेख गरेको पाईन्छ, । जस अनुसार यो वर्ष २१५१ औँ सिङ फो ‘डुक लो’ लोसार हो । लोसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो भनेर पनि उच्चारण गर्ने गरेको पाईन्छ ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो लोसार हाल २५ जिल्लामा र विश्वभर छरेर रहेका शेर्पा समुदायले एकैसाथ मनाइरहेका छन् । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको छ । पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार मनाइसकेका छन् । तिथि गडबडका कारण तामाङ समुदायले सोनाम लोछार पनि आजै मनाइरहेका छन् ।


प्रतिक्रिया