Breaking

क्यान्सर रोग न्युनिकरणमा कुनै कसर बाँकि नराख्ने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्युनिकरणका लागि सरकारले कुनै कसर बाँकि नराख्ने बताउनुभएको छ ।

आज विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्युनिकरणका लागि सरकारले कुनैपनि कसर बाँकि नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले क्यान्सर न्युनिकरणका लागि आ–आफ्नो ठाउँबाट सकेको योगदान पु¥याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो । मन्त्री बस्नेतले क्यान्सर रोग बिरुद्ध लडने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराउनु भयो ।

उहाँले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाई नहुने समेत स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले सरकारले क्यान्सर रोग बिरुद्ध लड्न एकीकृत रणनीतिक योजना बनाउने पनि बताउनु भयो ।