काठमाडौँ— युद्धमा रमाउन बानी परेको अमेरिकाका लागि आफ्नो देशमा बसेर अर्को देशमा मार हान्नु नौलो कुरो होइन् । तर विद्रोही समुहले अमेरिकाका तीन सैनिकको ज्यान लिएपछि चिढिएको अमेरिकाले अहिले एकै पटक इराक र सिरीयामा घातक आक्रमण सुरु गरेको छ।
बलियो अर्थनिती र अध्याधुनिक हातहतियारसहित विशाल सेना भएको अमेरिका मासथ्र्यको हिसावले विश्वमा सबैभन्दा शक्तिशाली मानिन्छ ।
विश्वका विकसित देशमा हतियार पठाएर आफ्नो साम्राज्य विस्तार गरेको अमेरिका अन्य देशको युद्धमा निर्णायक ठहरिने गरेको छ । फलतः आफ्नो शति प्रयोग गरेर अन्य देशलाई भिडाएर हतियारको व्यापार विस्तार गरेको अमेरिकाकै कारण रुस–युक्रेन युद्ध २वर्ष यता निरन्तर चलिरहेको छ। युक्रेनलाई काँध हालेर रुसमाथि हमला गराएको अमेरिकाले काँध नविसाउँदा हजारौले ज्यान गुमाए भने लाखौ विस्तावित भएकाछन् । तर अरुको रगतमा होली खेल्न बानी परेको अमेरिकाले अहिलेसम्म हात नझिक्दा सानो देश युक्रेन ओलो धार न पल्लो तिरको भएको छ।
रुस युक्रेन युद्ध जारी रहेकै बखत इजराल र हमासबीचको युद्ध चर्कियो। यी दुईबीचको सदियौं देखिको विवादमा पनि अमेरिकाले टाङ अड्याउँदा अहिले पनि युद्ध जारी छ । हजारौले ज्यान गुमाउदा, कयौ घर बाहार विहीन भएकाछन् । नागरिक मारिएको र भौतिक संरचना भग्नावशेषमा परिणत भएको दृश्य काहालि लाग्दो छ।
युद्धमा रमाउने अमेरिकाकै बलमा इजरायलले पनि यो युद्धको भारी विसाएकोछैन । अहिले रुस– युक्रेन र इजरायल हमासबीचकोयुद्ध मडारीरहेका बेला अमेरिकाले दुई देशलाई निसाना बनाएर आक्रमण सुरुगरेको छ । अमेरिकाले इराक र सिरीयामा हवाई आक्रमण गरेपछि फेरि अर्को युद्धको विजारोपण भएको विश्लेषण गर्न थालिएको छ । अमेरिकाको आक्रमणलाई यीदुई देशले युद्धको निम्तोको रुपमा लिएकाछन् ।
अमेरिकाले इरानको रिभोलुसनरी गार्ड (आइआरजीसी) र त्यसका समसर्थित विभिन्न विद्रोही समूहलाई लक्षित गरेर इराक र सिरियामा हवाई आक्रमण गरेको हो।
समाचारसंस्था रोयटर्सका अनुसार विद्रोही समुहलाई लक्षित गरी अमेरिकाले ७ क्षेत्रका ८५ ठाउँलाई निसाना बनाएको छ ।
अमेरिकाले यसलाई जोडर्नमा भएको ड्रोन हमलाको बदला भनेको छ ।
गतसाता जोडर्नमा भएको ड्रोन हमलामा परी ३ जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको थियो । घटनामा ४० भन्दा बढि घाईते भएका थिए ।
अमेरिकी सेनाले अहिले विद्रोही समुहको कमाण्ड र कन्ट्रोल रहेको क्षेत्रलाई लक्षित गरेर आक्रमण गरेको छ । उसले इराकका ३ र सिरियाका ४ क्षेत्रमा हमला गरिरहको जनाएको छ ।
आक्रमण पछि अमेरिकी राष्ट्रपति जो बाईडेनले अहिलेको हमला टे«लर मात्रै भएको र थप घातक हुने चेतावनी दिएकाछन् । बदलाको भाव बोकेर अमेरिका भयानक रुपमा आक्रमणमा उतिएकाले पनि यो द्धन्द्धले अर्को युद्धको विउ उमारेको आंकलन सुरु भएको छ ।


प्रतिक्रिया