अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज बिहानै भएको दुर्घटनामा २ जनाको मृत्यु भएपनि उनीहरूको पहिचान खुलेको छैन । ढाकावाङ्गको थापाडाडाँमा बाटोबाट करिब १५० मिटर जीप तल खसेको हो ।
लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्युु भएको स्थानीयले जनाएकाछन् ।


प्रतिक्रिया