समाचार

काठ तस्करीको विषय उठाउँदा मुद्दा खेपेका युवराज खड्काले पाए सफाई

योहो संवाददाता

सल्यानका युवा अभियन्ता युवराज खड्काले सफाई पाएका छन् । जिल्ला अदालत सल्यानमा बुधबार भएको सुनुवाई सकिएपछि फैसला गर्दै जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलास सफाई दिएको हो ।


युवराजविरुद्ध काठ तस्करीको विषयमा सामाजिक सञ्जालमा कुरा उठाएपछि विद्युतीय अपराधअन्तर्गत दफा ४७ लाई टेकेर मुद्दा दायर गरिएको थियो । जसमा खड्काले सफाई पाएका हुन् ।

उनीविरुद्ध बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम, काठ व्यवसायी तोजवीर बुढाथोकी र हस्त जिएमले मुद्दा दायर गरेका थिए । फैसलापछि प्रतिक्रिया दिँदै खड्काले भने– यस्ता विषयमा अझ सशक्त भएर आवाज उठाउँछु । गलत गर्नेहरुका विरुद्ध बोल्न छोड्दिन्न । अदालत स्रोतका अनुसार फैसलाको पूर्णपाठ आउन बाँकी नै छ ।