काठमाडौं– राज्यको लगानीमा अध्ययन बिदा लिएर विश्वविद्यालय नै नफर्कने ‘भगौडा’ प्राध्यापकहरूमाथि अब केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परिचालन गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयको सभा बैठकमा एकातिर अध्ययन बिदाको दुरुपयोग गर्नेहरूलाई एक महिने कडा अल्टिमेटमसहित कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ भने, अर्कोतिर देशकै ठूलो शैक्षिक धरोहर तलबभत्ता समेत खुवाउन नसक्ने गरी ८ अर्बभन्दा बढीको बजेट अभावको गम्भीर संकटमा फसेको छ । विश्वविद्यालयको स्रोत र राज्यको सुविधा उपभोग गरेर लामो समयदेखि सम्पर्कविहीन बनेका प्राध्यापकहरूमाथि सरकार कडा रूपमा प्रस्तुत भएको छ । बिहीबार आयोजित त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकहरूबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रियालाई तीव्रता दिन निर्देशन दिए । मन्त्री पोखरेलले विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउने कार्यलाई प्राथमिकतामा राख्न र प्रक्रियामा असहयोग गर्दै सम्पर्कमा नआउने प्राध्यापकहरूलाई कारबाहीका लागि सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाउन एक महिनाको समयसीमा तोकेका छन् ।
Breaking


प्रतिक्रिया