काठमाडौं– संघीय राजधानी काठमाडौँमा यतिबेला नेपाली कांग्रेसको १५औं महाधिवेशनको रौनक छाएको छ । सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा पार्टीले नयाँ नीति र नेतृत्व पाउँदै छ । त्यसमाथि ३५ वर्षमुनिका झन्डै पाँच सय युवा प्रतिनिधिहरूको सहभागिताले यस महाधिवेशनलाई झनै विशेष बनाएको छ । किनकि ३५ वर्षमुनिका यिनै पाँच सय प्रतिनिधिहरूबाट २१ जनाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा प्रवेश पाउँदै छन् । देशको परिवर्तित राजनीतिक परिदृश्यलाई आत्मसात् गर्दै युवा प्रतिनिधित्वसहित पार्टीलाई नयाँ शिराबाट अघि बढाउन कांग्रेसले यसपटकबाट यो नयाँ अभ्यासको थालनी गरेको हो । जसमा सातवटै प्रदेशबाट १ महिलासहित २ जना र खुलाबाट ७ जना गरी २१ जना युवा केन्द्रीय सदस्य बन्ने विधानमै व्यवस्था गरिएको छ । पार्टीले विधानमै यस्तो व्यवस्था गरेपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने युवाहरूको संख्या उल्लेख्य देखिएको छ । जहाँ विद्यार्थी जीवनबाटै नेपाली कांग्रेसमा आबद्ध भएकादेखि राजनीतिक विरासतबाट आएका ३५ वर्षमुनिका सयौँ युवाहरू केन्द्रीय सदस्यमा एकसाथ भिड्दै छन् । यिनै युवाहरूमा देखिएको उत्साहले महाधिवेशन स्थलको माहोल तातिरहेको छ ।
Breaking


प्रतिक्रिया