Breaking

पशुपति प्रकरण : दम्पती पक्राउको वास्तविकता को हो ? हुन सक्छ यस्तो सजाय, कसको कमजोरी ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– गैरहिन्दू पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको विषयमा सामाजिक सञ्जालमा चर्को विवाद उत्पन्न भएपछि इटहरीबाट पक्राउ परेका ओसीम अन्सारी र प्रियंका परियारमाथि विभिन्न कोणबाट टिप्पणी भइरहेको छ । के हो त यो विवादित घटनाको वास्तविकता ? चर्चा गरौँ ।
केही दिनअघि ‘प्रियङ्का सन्नी’ नामक टिकटक तथा फेसबुक अकाउन्टबाट आफूलाई मुस्लिम समुदायका सदस्यका रूपमा चिनाउने एक जोडी पशुपतिनाथ मन्दिरको भित्री गेटसम्म पुगेको भिडिओ सार्वजनिक भएको थियो । उक्त भिडिओमा ओसीम मुस्लिम समुदायले लगाउने टोपी लगाएको अवस्थामा देखिएका थिए ।