काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तेस्रो दिन नेताहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । खुला र बन्द सत्र खुलामञ्चमा गरेको कांग्रेसले मनोनयन दर्ताका लागि भने राष्ट्रिय सभागृहमा व्यवस्था मिलाएको थियो । मनोनयन दर्तामा पदाधिकारीमै उल्लेख्य संख्या देखिएको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा ठूलै संख्यामा नेताहरूले मनोनयन दर्ता गरेका छन् । सभापति पदमा गगन थापा, नेता किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले मनोनयन दर्ता गराएसँगै त्रिपक्षीय भिडन्त हुने भएको छ ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ । उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । योसँगै उनी निर्विरोध हुने भएका छन् ।
Breaking


प्रतिक्रिया