काठमाडौं– सिभिल तथा ट्रान्सपोर्टेसन इन्जिनियर लक्ष्मण केसीले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ हवाईबाट सिभिल एण्ड इन्भारोमेन्टल इन्जिनियरिङ मा मास्टर अफ साइन्स (एमएस) गरेका छन्।
नेपालको पूर्वाधार, यातायात, सडक सुरक्षा, अनुसन्धान तथा विकासका क्षेत्रमा लामो समयदेखि कार्यरत केसीले नेपालको विकासमा देखिएको चुनौती समाधानका लागि राजनीतिक शक्ति, विज्ञ, प्राविधिक तथा नागरिक समाजबीच आवश्यक विषयमा सहकार्य आवश्यक रहेको बताउँदै आएका छन् । साथै ज्ञान–सीप आदानप्रदानको वातावरण निर्माण गर्नुपर्ने उनी बताउछन् ।


प्रतिक्रिया