काठमाडौं– थिति र विधि बसाल्ने हेतुले विशेष महाधिवेशन गरेको नेपाली कांग्रेसले अहिले १५ र्औ महाधिवेशन गरिरहेको छ । कांग्रेस २.० भन्दै आफूहरूलाई सुधारिएको कांग्रेस भन्न रुचाए पनि तिनै पक्षहरूले नेता व्यवस्थापन गर्न पुरानै शैली अपनाउने भएका छन् । नेतृत्वमा आकांक्षीको दबाब बढेपछि पदाधिकारीको संख्या बढाएर २१ पु¥याउने कांग्रेसको तयारी छ । कांग्रेसमा पहिले पदाधिकारीको संख्या १४ रहेकामा विशेष महाधिवेशनबाट विधान संशोधन गरेर तीन पदाधिकारी थप्दै १७ पु¥याइएको थियो । अहिले फेरि पदाधिकारीमा उपसभापतिसँगै महामन्त्रीको पद थप्ने तयारी गरिएको हो । महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा बनेको विधान संशोधन समितिले बन्द सत्रमा विधान संशोधनको प्रस्ताव गरेपछि त्यसलाई केन्द्रीय कार्यसमितिले निर्णय गरेर महाधिवेशनमा लैजाने र महाधिवेशनबाट अनुमोदन भएपछि कार्यान्वयन हुने छ ।
Breaking


प्रतिक्रिया