काठमाडौं– बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप सक्रिय बन्दै नेपालतर्फ अघि बढेपछि देशमा मौसमी विपद्को जोखिम चुलिएको छ । मनसुनको प्रभाव कायमै रहेका बेला बंगालको खाडीबाट आएको अर्को मौसमी प्रणाली सक्रिय भएपछि आगामी केही दिन देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढेको छ । पछिल्लो पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ । यस अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुन सक्ने भएकाले पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, भूक्षय र गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने चेतावनी विभागले दिएको छ । यस्तै शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Breaking


प्रतिक्रिया