Breaking

मोदीको सफलता : सी र पुटिन नै मख्ख, पाकिस्तान र अमेरिकालाई चुनौती, किन जिलियो नेपाल ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– विश्वको आधा जनसंख्या र करिब ४० प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को प्रतिनिधित्व गर्ने ११ सदस्यीय शक्तिशाली समूह ब्रिक्सको १८औँ शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीस्थित ‘भारत मण्डपम’मा भव्य रूपमा सम्पन्न भएको छ । विश्व भू–राजनीतिको संवेदनशील घडीमा सम्पन्न दुई दिने यस सम्मेलनले आतंकवादविरुद्ध शून्य सहनशीलता, बहुध्रुवीय विश्व व्यवस्थाको पैरवी र आर्थिक सहकार्यलाई नयाँ उचाइ दिने मार्गचित्र कोरेको छ । गलवान झडपपछिको लामो तनावबीच चिनियाँ राष्ट्रपति सी चिनफिङको सात वर्षपछिको पहिलो भारत भ्रमण र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रत्यक्ष उपस्थिति यस सम्मेलनको प्रमुख आकर्षण बनेको थियो ।