Breaking

अमेरिका झस्किने ३ शक्तिशाली नेताको भेट, बालेनले पाएनन् निम्तो, ब्रिक्स सम्मेलनको नयाँ सन्देश (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– छिमेकी देश भारतको मुटु मानिने नयाँ दिल्लीमा सुरु भएको १८ औं ब्रिक्स शिखर सम्मेलनको चहलपहलले विश्वकै ध्यान केन्द्रित गरिरहेको छ । झण्डै ११ भन्दा बढी विश्वका शक्तिशाली र उदयीमान राष्ट्रका राष्ट्रप्रमुख देखी प्रतिनिसम्मको संयुक्त जमघटको चहलपहलले विश्व समुदायकै ध्यान केन्द्रित गरिरहेको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इरानी राष्ट्रपति मसूद पेजेश्कियान लगायत शक्तिशाली राष्ट्रका शक्तिशाली नेतृत्वहरुको संयुक्त जमघटको रापले केबल नयाँ दिल्ली मात्रै नभएर विश्व राजनीति र अर्थतन्त्रलाई नै तरंगित बनाएको छ । त्यसमाथि चिनियाँ राष्ट्रपति सी को ७ वर्ष पछिको भारत आगमन र १० वर्ष पछिको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सीबीचको संयुक्त जमघटले माहोल झनै तताएको छ ।