देश

ओली–प्रचण्ड–देउवाको बढ्दो सक्रियता, बालेन सरकार सडकबाटै हुत्तिने, रविमाथि नै शंका (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि सरकारलाई सजग गराउने उद्देश्यले जम्मा भएको भीड नै नरसंहारको घटनामा परिणत भएपछि देशको राजनीतिक परिस्थिति नै बदलिएको छ । अभियन्ताहरू सांसद र मन्त्रीको पदमा पुगेका छन् भने पटक–पटक प्रधानमन्त्री बनेकाहरूको कम्तीमा पनि एक कार्यकालका लागि संसदीय राजनीतिमा पूर्णविराम लागेको छ । यसरी देशको राजनीतिलाई नै उलटफेर गर्ने गरी भएको गत वर्षको भदौ २३ को जेनजी आन्दोलनको एक वर्ष बित्दै गर्दा फेरि तिनै पुराना दल र नेताहरू सलबलाउन थालिसकेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेमा आन्तरिक विवाददेखि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चुनावमा धुलिसात भए पनि, त्यही जेनजी आन्दोलनकै बलमा बनेको सरकारमाथि कठोर टिप्पणी गर्दै उनीहरू आफ्नो पुरानो विरासतमा फर्किने भरमग्दुर कोसिस गरिरहेका छन् ।