काठमाडौं– नेपाल अहिले आफ्नै बलबुताले तङ्ग्रिन मुस्किल पर्ने विपद्को विषम चपेटामा छ । यस्तो अवस्थामा नेपालले अन्तर्राष्ट्रिय जगतसँग हात फैलाउनुको विकल्प छैन । सरकारले गुहार माग्नुभन्दा अगाडि नै विभिन्न देशले सहयोग गरेका छन् । तर, सरकारले नै सहयोगको याचना गरेपछि झनै विदेशी सहयोगको प्रतिबद्धता बढिरहेको छ ।
चीन
आफैं विपद्को पीडामा पिल्सिएको उत्तरी छिमेकी देश चीनले अहिलेसम्म नेपालका लागि नगद २२ लाख अमेरिकी डलर दिने प्रतिबद्धता जनाएको छ । त्यसैगरी ५० टन आपत्कालीन सामग्री सहयोग गरेको छ । चीनले सुरुङ–उद्धार टोली पठाउनुका साथै तिब्बततर्फ संयुक्त रूपमा काम गरिरहेको छ । त्यस्तै, चीन सरकारले ३० वटा बेलीब्रिज निर्माणको प्रतिबद्धता जनाएको छ भने ११ वटा उद्धार टोली खटाउने र १० वटा ठूला ड्रोन उपलब्ध गराउने प्रतिबद्धता गरेको छ ।
भारत
विपद्मा सबैभन्दा अगाडि दक्षिणी छिमेकी देश भारतले सहयोग गरेको छ । भारत सरकारबाट ६८ टन जिन्सी सहयोग प्रदान गरिँदै छ, जसमध्ये ४७ टन सामान प्राप्त भइसकेको छ ।
Breaking


प्रतिक्रिया