Breaking

बालेन सरकारमाथि कांग्रेसको गम्भीर आरोप, सुधन र स्वर्णिममाथि उठ्यो प्रश्न, फिल्डमा नेताको लर्को (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म ठूलो जनधनको क्षति पु¥याएपछि सरकार राहत तथा उद्धारका लागि बाढी प्रभावित क्षेत्रमा यद्धस्तरमा सक्रिय छ । प्रधानमन्त्रीदेखि गृहमन्त्री र मन्त्रीहरू प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतमा सक्रियता देखाइरहेका छन् । यस्तो बेला सबैले आफूले सकेको सहयोग गरेर सरकारलाई सघाउन आवश्यक छ । तर, सरकारलाई हात र साथ दुवै चाहिएका बेला विपक्षी दलहरूले भने आफ्नै राजनीतिक रोटी सेक्नका लागि अनेकन् आरोप लगाउँदै प्रश्न उठाइरहेका छन् । बाढीका कारण मृत्यु भएकाहरूको शव सङ्कलन, घाइतेको उपचार, उद्धार तथा राहतमा सरकार चुकेको भन्दै प्रश्न उठाउने पहिलो नम्बरमा छ– नेपाली कांग्रेस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि सङ्कलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्थाहरूलाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाएका छन् ।