देश

बाढीको कहर : टुरिस्टको बिगबिगी, रास्वपाकै सांसद बद्नाम, रविको निर्देशन टेरेनन्, आशिकाको उपद्रो (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– विपत्ति भनेको मानिसको जीवन, सम्पत्ति र वातावरणमा ठूलो क्षति पु¥याउने प्राकृतिक वा मानवीय घटना हो । भूकम्प, बाढी, पहिरो, आगलागी तथा महामारीजस्ता विपत्तिका समयमा मानिसहरूलाई सहयोग र सहकार्यको आवश्यकता हुन्छ । तर, यस्तो संवेदनशील समयमा केही मानिसहरू पीडितलाई सहयोग गर्नुको सट्टा घटनास्थलमा पुगेर रमिता हेर्ने, फोटो तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा हाल्नमै व्यस्त देखिन्छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलहरू अहिले प्रभावित क्षेत्रहरूमा देखिएका छन् । दलहरूबाट सरकारले फाइदासमेत उठाउन सकेको छैन । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे नुवाकोटको प्रभावित क्षेत्रमै पुगे । उनी त्यहाँ गएर सरकारलाई आफ्नो सुझाव र सल्लाहसमेत दिए । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा सांसद वर्षमान पुन अहिले प्रभावित क्षेत्रका हरेक गाउँगाउँ र घरघरमा पुगिरहेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ क्युआरमार्फत मद्दत मागिरहेका छन् । यही पार्टीका सांसद आरेन राई भने जनताका हरेक दुःख बुझ्न बाढी प्रभावित क्षेत्रमा पुगेर जनताका गुनासा सुन्दै त्यहाँको आवश्यकता बुझिरहेका छन् ।