काठमाडौं । रसुवा, त्रिशूली, धादिङ र चितवन आसपासका क्षेत्रमा आएको भीषण बाढीका कारण जनजीवन, भौतिक पूर्वाधार तथा यात्रुहरूमा परेको गम्भीर असरप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले दुःख व्यक्त गरेको छ । संघले विपद्को कठिन घडीमा आफ्नो–आफ्नो ठाउँबाट सम्भव भएसम्म उद्धार, राहत तथा मानवीय सहयोगका कार्यमा सक्रिय रूपमा सहभागी हुन सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गरेको छ ।
संघकी कोषाध्यक्ष तथा सीएसआर संयोजक धन माया सिंजालीले अपिल जारी गर्दै विपद्मा परेका नागरिक तथा यात्रुहरूको उद्धार र राहतका लागि व्यवसायीहरू एकजुट हुनुपर्ने बताएकी छन् ।
‘हाम्रो सानो सहयोगले पनि विपद्मा परेका नागरिक तथा यात्रुहरूको जीवनमा ठूलो राहत पुग्न सक्छ,’ अपिलमा भनिएको छ, ‘त्यसैले यस कठिन समयमा हामी व्यवसायीहरू जिम्मेवार नागरिकका रूपमा एकजुट भई मानवीय सेवामा हातेमालो गरौँ ।’
संघले बाढीका कारण प्रभावित भएका सम्पूर्ण नागरिक तथा यात्रुहरूको शीघ्र उद्धार, राहत तथा सुरक्षित जीवनको कामनासमेत गरेको छ ।
समाचार


प्रतिक्रिया