Breaking

बालेन सरकार आइलाग्यो विपत्ति, सिंहदरबारको एक्सन रुममा बालेनकै कमान्ड, युद्धस्तरमा सेना–प्रहरी खटिए (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– बुधबार बिहान करिब ९ बजे तिब्बतबाट रसुवामा विनाशकारी बाढी आयो । देश प्राकृतिक विपत्तिले आक्रान्त बन्यो, जसबाट ठूलो जनधनको क्षति भएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री बालेन शाहले उद्धार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तत्काल परिचालन गरे । साथै, उनले विपद् व्यवस्थापन प्राधिकरणलाई समेत सक्रिय बनाए । मेडिकल टिम, स्काउट र रेडक्रस सबैसँग समन्वय गरी आवश्यकताअनुसार जनशक्ति परिचालन गरिएयो । प्रभावित क्षेत्रमा अतिरिक्त एम्बुलेन्स र मेडिकल टोली पठाइएको छ ।
उद्धार तथा राहत कार्यका लागि उपलब्ध नेपाली सेनाका सबै हेलिकप्टरहरूलाई प्रभावित क्षेत्रतर्फ पठाइएको छ भने निजी हेलिकप्टर कम्पनीहरूसँग पनि समन्वय गरेर हेलिकप्टरहरू प्रभावित क्षेत्रमा परिचालन गरियो । बाढीले पु¥याएको क्षतिका विषयमा छलफल गर्न प्रधानमन्त्रीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरे । उनले आगामी कदमबारे सबै सरोकारवालालाई निर्देशन दिँदै यस विपद्को घडीमा आ–आफ्नो ठाउँबाट प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन सम्पूर्णलाई आग्रहसमेत गरेका छन् । लगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर विपद् प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिनासम्मका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गराए ।