काठमाडौं– बुधबार बिहान चीनको स्वशासित क्षेत्र तिब्बतको सीमावर्ती क्षेत्रबाट अचानक आएको बाढीले नेपालतर्फ ठूलो क्षति गरेको छ । तिब्बतसँग सीमाना जोडिएको उत्तरी जिल्ला रुसुवा हुँदै बग्ने भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र धादिङ भएर बग्ने त्रिशूली नदीलाई समेत उग्र बनाएपछि जनधन दुवैको अकल्पनीय क्षति हुन पुग्यो । यो विपद्को दुःखद् घटनामा यथासम्भव क्षति कम गर्न नेपाली सेनाले सुरुवातदेखि नै सक्रियता देखायो । तत्काल उद्धारका लागि परिचालन भएको सेनाले आफ्नो चार वटा हेलिकप्टरबाट उद्धारको थालनी गर्दै ६ वटासम्म हेलिकप्टरको प्रयोग गर्दै फिल्डमा परिचालन भएको थियो ।
नेपाली सेनासँग भएको तथा निजीसहित १३ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको थियो । खोज तथा उद्धार कार्यका लागि प्रभावित जिल्लाका सेना हाइअलर्टमा रहँदै बिहानदेखि नै फिल्डमा खटिएका थिए भने आवश्यक परे नजिकका जिल्लास्थित ब्यारेकबाटै सेना झिगाउन राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा छलफल भएको थियो भने जङ्गी अड्डाबाट समेत सेना परिचालन गरिएको थियो ।
Breaking


प्रतिक्रिया